जनकपुर । जनकपुरधाम उपमहानगरपालिका-१८ स्थित भोयल क्षेत्रको हुलाकी मार्ग अन्तर्गतको कल्भर्टमुनि एक युवकको शव फेला परेको छ।
स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शव सडेको अवस्थामा भेटिएको छ, जसका कारण पहिचान गर्न कठिन भइरहेको छ। शवको अवस्था र भेटिएको स्थानलाई आधार मान्दै सुरक्षाकर्मीले युवकको हत्या गरेर फालिएको हुन सक्ने अनुमान गरेका छन्।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइरहेको छ। शवको पहिचान तथा मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टमका लागि पठाइएको छ।
