जनकपुर । ईकरा इस्लामिक इङलिस स्कुलको आठौं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य र उल्लासमय वातावरणमा सम्पन्न भएको छ। हाबिबुल रहमान मदनीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मोहम्मद लालबाबु राउत गद्दी विशेष अतिथिका रूपमा दिपक कार्की तथा अतिथि फुलाबाबु , प्रदेश सांसद सहिदा खातुन , बालकिशोर यादव, नुरुलहुद्दा , मोसाहिद हुसेन सहभागी थिए । लगायत विभिन्न तहका नेतागण तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै विभिन्न खेलकुद प्रतियोगिता समेत आयोजना गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि राउतले गुणस्तरीय शिक्षाले समाज र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। अन्य वक्ताहरूले शैक्षिक विकास, नैतिक शिक्षा तथा अनुशासनको महत्वबारे जोड दिएका थिए।
विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी उपस्थित अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप भव्य, प्रेरणादायी र सफल बनाएको विद्यालय सञ्चालक मो. कलिम राईनले जानकारी दिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा सहभागीहरूमा विद्यालय प्रशासनले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
