जनकपुर - कतारमा रोजगारीको प्रलोभन देखाएर साथीको पैसा लिएर एक युवक फरार भएका छन्।
महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ७ भम्रपुरा बस्ने साबिर राइनको छोरा जयौदिन राइन राहदानी नम्बर ( ०९९१४६७९ ) ले आफ्नो साथी सिरहाको कल्याणपुर नगरपालिका १ अरनेमा भुकराहा बस्ने आयुब मियालाई कतारमा काम लगाइदिने आश्वासन दिएर ११,५०० कतारी रियाल (करिब ४ लाख नेपाली रुपैयाँ) लिएका थिए। रकम लिएको कागजात पनि बनाएको छ।
आयुब मियाले दिएको जानकारी अनुसार, जयौदिनले राम्रो रोजगारीको आश्वासन दिएर उक्त रकम लिएर सम्पर्कविहीन भएका छन्। रकम लिएको प्रमाण स्वरूप कागजातसमेत रहेकोले पीडितले कतारको प्रहरीमा उजुरी गरेका छन् र प्रहरीले जयौदिनको खोजी कार्य सुरु गरेको छ । नेपालमा पनि जाहेरी दिने तयारी भाईरहेका छन ।
यस बिच जयौदिन नेपाल आफ्नो घर आएर लुकिछुपी बसिरहेका मियाले बताएका छन ।
यस घटनाले विदेशमा कामको लागि जाने नेपाली युवाहरूलाई सतर्क रहन सन्देश दिएको छ। यसले भविष्यमा यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सबैलाई सजग बनाएको छ।
सम्पुर्ण कागजात सुरक्षित राखिएको छ ।