जनकपुरधाम — जनकपुर उपमहानगरपालिका–२२ बिस्पिट्टी र २३ बिन्धीद्वारा संयुक्त रूपमा आयोजित महापर्व छैठको शुभकामना आदान–प्रदान कार्यक्रम आज बस्बिट्टीस्थित दावारीका होटलमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता अशोक कुमार मिश्राले गर्नुभयो भने विशिष्ट अतिथिका रूपमा विजय कुमार चौधरी, मधुबेन्द्र झा, विमलेश मिश्र, सुरेश शर्मा, बैजनाथ ठाकुर, सुनिल ठाकुर, विपिन ठाकुर, अभिनन्दन ठाकुर, विनय कुमार ठाकुर, बेचन राय, गोविन्द ठाकुर, रामकुमार शर्मा, रामनरेश पाण्डे, शम्भु चौधरी, दिनेश चौधरी, ध्रुव मिश्र, गोपाल मिश्र, सन्तोष मिश्र र मनोज राउतलगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा वक्ताहरूले छैठ पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे प्रकाश पार्दै यस पर्वले समाजमा आपसी सद्भाव, एकता र भातृत्व सुदृढ गर्न सहयोग पुर्याउने बताएका थिए।
कार्यक्रममा सहभागी अतिथिहरूले एक–अर्कालाई छठ पर्वको शुभकामना आदान–प्रदान गर्दै समृद्धि, शान्ति र एकताको कामना गरेका थिए।
