.
जनकपुरधाम ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेण्ट डा. प्रमोद कुमार यादवालाई मन्त्रालयमा तानिएको छ ।
मधेश प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रादेशिक अस्पतालका मेसु डा. यादवलाई सामाजिक विकास मन्त्रालयमा तानिएको निर्णय गरेको मुख्यमन्त्री सरोजकुमार यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए ।
प्रादेशिक अस्पतालको जिम्मेवारीमा रहँदा पनि कार्यालयमा अनुपस्थित देखिनु लगायतका लापरवाही गरेको भन्दै उनलाई कारबाही गरिएको बताइएको छ ।
केही दिन अघि मुख्यमन्त्री यादवले प्रादेशिक अस्पताल जनकपुरधाममा छड्के निरीक्षण गरेका थिए । सो निरीक्षणको क्रममा मेसु डा.यादव अनुपस्थित थिए ।
केहीदिन यतादेखि अस्पतालबारे व्यापक जनगुनासो आउन थालेपछि प्रदेश सरकार अस्पतालको गतिविधिलाई नजिकबाट नियाल्दै आएको छ ।
सो क्रममा मेसु डा. यादवले लापरवाही गरेको देखिएकोले उनलाई कारबाही स्वरुप मन्त्रालय तानिएको सल्लाहकार अग्रहरीले बताए ।