जनकपुरधाम । घर आँगन नियमित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लोहारपट्टि–७ को १४औँ वार्षिक साधारण सभा गत शनिबार भव्य रुपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष लक्ष्मेश्वर ठाकुरको सभापतित्वमा सम्पन्न साधारण सभामा शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो भने सहिदहरूप्रति सम्मानस्वरूप एक मिनेट मौन धारण गरिएको थियो। प्रमुख अतिथिले १४ वटा मैनबत्ती प्रज्वलन गर्दै साधारण सभाको उद्घाटन गरेका थिए।
कार्यक्रममा व्यवस्थापक जितेन्द्र कुमार चौधरीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन जयराम ठाकुरले गरेका थिए। संस्थाका अध्यक्ष ठाकुरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको स्थापना २५ जना शेयर सदस्य र रु. १२ हजार ५०० बाट सुरुवात भएकोमा अहिले १ हजार ३२१ सदस्य पुगेको जानकारी गराए।
कार्यक्रममा उपाध्यक्ष रोशन मिश्र, कोषाध्यक्ष कन्चन कुमारी ठाकुर, सचिव सुजित कुमार शर्मा, सदस्य प्रमोद गुप्ता, ललिता देवी, ऋण उपसमिति संयोजक रामआश्रय ठाकुर, तेतरी खतबिनी लगायत ८ सयभन्दा बढी सहभागी थिए।
अन्त्यमा अध्यक्ष ठाकुरले सबै प्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको पहिलो चरण समापन गरिएको थियो।
