जनकपुरधाम । जनकपुरधाममा कुटपिटबाट गम्भिर घाईते भएका एक युवकको मृत्यु भएको छ ।
जनकपुरधाम उपहमानगरपालिका– ७ बस्ने जाकिर कवाडीका २६ वर्षिय छोरा रब्बानी राईनको बुधावर उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलवार साँझ घरमै बोलाउन आएका साथिहरुसँग राईन वाहिर गएको राईनलाई अनुज तिवारी नामका एक साथिले प्रदेशिक अस्पताल जनकपुरधाममा राती ११ बजे घाईते अवस्थामा भर्ना गराएर फरार भागेका थिए । राती अस्पतालमै मोवाईल छुटाएका तिवारीले बुधवार विहान मोबाईल लिन आउदाँ राईनका आफन्त र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
राईनको शरिरभरि चोटपटक लागेको ढामहरु देख्न्छि ।
यता, प्रहरीले घटनाको अनुसन्धानको क्रममा तिवारसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक विश्वराज खड्काले घटनामा संल्गन रहेकाहरुको खोजि कार्य जारी रहेको र अहिले पराम्भिक अनुसन्धानमा कुटपिटबाट राईनको मृत्यु भएको हुन सक्ने देखिएको बताए ।