ad
जनकपुर ।
जनकपुरधाममा एक जना प्रहरी हवल्दारले मदिराको नशामा गालीगलौज र तोडफोडमा उतरिएको भिडियो सार्वजनिक भएको छ ।
जनकपुरधामको भ्रमरपुरा चोकस्थित एक ग्यारेजमा हवल्दार विपिनकुमार साहले मदिराको नशामा सो ग्यारेजमा गालीगलौजका साथै तोडफोडमा उतरिएको भिडियोमा सार्वजनिक भएको हो ।
प्रहरी हवल्दार साहको दरबन्दी जिल्ला प्रहरी कार्यालय सिरहामा रहेको छ भने उनलाई जिल्ला प्रहरी कार्यालय धनुषामा काजमा खटाइएको छ ।
ग्यारेजमा मदिरा खाएर एक व्यक्तिलाई अश्लील गाली गर्नुका साथै थप्पडले हिर्काएको सो भिडियोमा समेत देखिन्छ ।
यता हवल्दार साह आवेशमा आएर आफ्नो मुखबाट गाली निस्किएको स्वीकार गरेका छन् ।
भिडियोमा २ लाख ७ हजार रुपैयाँको कुनै विवाद समेत रहेको सुन्न सकिन्छ । यद्यपि हवल्दार साहले त्यस्तो कुनै विषय नरहेको दावी गरे । todaypati
.
.
.
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्