जनकपुर ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएको छ।
कप्तान लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी भाद्र २१ गते प्रहरी बृत्त, गौशालामा लामिछाने विरुद्ध जाहेरी दर्ता दिएकी थिइन्।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँसँग अनुमति माग गरेको थियो।
नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।
उनी क्यारेबियान प्रिमियर लिग खेल्न गएका थिए।
ad
Ad
Ad
Sd
Ad
Ad