ad
जनकपुर :
सीके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ पाँच जना सांसदको टुंगो लगाएको छ।
काठमाडौंको तपोवन होटलमा बिहीबार बसेको बैठकले समानुपातिक सांसदको टुंगो लगाएको हो।
जनमतका एक नेताका अनुसार बैठकले अनिता साह, अब्दुल खान, बिनिकुमारी दनुवार, सोनु मुर्मुर र गोमा सापकोटलाई समानुपातिक सांसद चयन गर्ने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार भोलि (शुक्रबार) निर्वाचन आयोगमा पाँच जनाकै नाम सिफारिस गरेर पठाउने ती नेताले बताए।
जनमत पार्टीले प्रत्यक्षतर्फ एक सिट जितेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै सप्तरी २ मा सीके राउत विजयी भएका थिए।
जनमतले प्रदेशसभाको समानुपातिकर्तफ मधेस प्रदेशमा ७ र लुम्बिनी प्रदेशमा दुई सिट जितेको छ। प्रदेशसभातर्फको समानुपातिको नामावाली भोलि टुंगो लगाउने ती नेताले बताए।
Ad
Ad
Ad
Ad