ad
जनकपुर -
महोत्तरीमा स्यालको टोकाईबाट सातजना घाईते भएका छन् ।
स्यालले टोकेर महोत्तरीको पिपरा गाउँपालिका–७ बनौलीमा दुई महिला र पाँच पुरुष गरी सातजना घाईते भएको वडाध्यक्ष मधुवेन्द्र झाले जानकारी दिए ।
घाईते हुनेहरुमा स्थानीय विल्टु मण्डल, शिवशंकर साह, रुदल साह, दिनेश ठाकुर रहेका छन् । अन्य घाईतेहरुको नाम खुल्न सकेको छैन ।
घाईते मध्ये दुईजनाको अवस्था गम्भिर रहेको वडासदस्य अरुण कुमार झाले जनाए । उनका अनुसार दुवैजनालाई जनकपुरधामस्थित जानकी हेल्थ केयरमा रिफर गरिएको हो ।
अन्य पाँचजना सामान्य घाइते भएको र उनीहरूको उपचार स्थानीय क्लिनिकमा भइरहेकाे वडासदस्य झाले बताए ।
Ad
Ad
Ad
.ad
Ad
.