जनकपुर ।
धनुषामा आगलागी हुदा लाखौंको क्षति भएको छ ।
आइतबार जिल्लाको सबैला नगरपालिका वडा न.३ (मिया) पोखरी स्थित स्थानीय जगदेव साउको चौरमा राखेको परालको टालमा करिब रातीको ९ बजे अचानक आगलागी भएको सबैला प्रहरीले जनाएको छ ।
आगलागी बाट करिब १४ वटा परालको टाल जलेर नस्ट भएको जनाइएको छ । करिब ५ लाख बराबरको क्षति पनि भएको जनाइएको छ ।
आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा उक्त आगो पुर्ण रुपमा नियण्त्रणमा आएको प्रहरीले जनाएको छ ।
साथै आगलागीबाट मानविय तथा चौपाया क्षति नभएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ad
Ad
Ad
Ad
Ad