.
जनकपुर :
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आवातजावतको पास मिलाइदिएबापत घुस लिने नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ।
.
आन्तरिक टर्मिनलको व्यवस्थापन शाखा प्रमुखसमेत रहेका पूर्णप्रसाद चुँडाललाई अख्तियारले १ लाख ५० हजार रुपैयाँ घुससहित सोमबार पक्राउ गरेको हो।
.
स्रोत नखुलेको ८ लाख रुपैयाँसमेत उनको दराजबाट भेटिएको आयोगले जनाएको छ। उनीसँग विभिन्न ब्राण्डका ९ बोतल मदिरा, चार थान मोबाइल र निजले प्रयोग गर्ने डायरीसमेत बरामद भएको छ।
.
'निवेदकले नागरिक उड्डयन कार्यालय गौचर काठमाडौं (आन्तरिक टर्मिनल)सम्म आवतजावत गर्न पाउने पास लिई एयरपोर्ट (आन्तरिक टर्मिनल)सम्म आवातजावत गरी आफूले हवाई टिकट काटिदिएका हवाई यात्रुहरूलाई सेवा प्रदान गर्दै आएकोमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, आन्तरिक टर्मिनल ब्यवस्थापन शाखा गौचर काठमाडौंका प्रमुख प्रबन्धक पूर्ण प्रसाद चुँडालले एयरपोर्ट (आन्तरिक टर्मिनल)सम्म आवातजावत गर्न पास उपलब्ध गराई सहजीकरण गरिदिएको भनि प्रति महिना रु १० हजारका दरले २०७८ कात्तिकदेखि हाल १५ महिनाको एकमुष्ट रकम रु.१५०,०००। - (एक लाख पचास हजार ) घुस/रिसवत माग गरी लिइसकेको अवस्थामा निजकै कार्यकक्षबाट नियन्त्रणमा लिइएको।
.
साथै निजको कार्यकक्षभित्र रहेको स्टिलको दराज भित्रवाट स्रोतत नखुलेको नगद रु.८,००,०००।- ( आठ लाख) र विभिन्न ब्राण्डका ९ बोतल मदिरा, मोबाइल फोन बरामद गरिएको छ,' विज्ञप्तिमा भनिएको छ।
.