जनकपुरधाम — शहिद नगरपालिका–६ यदुकोहा भाठी चौकस्थित हनुमान मन्दिर अगाडि सञ्चालन भइरहेको “TVS Exchange Mania” कार्यक्रमले जनकपुरधाममा निकै चर्चा पाएको छ। जगदम्बा मोटर्सद्वारा आयोजना गरिएको यो विशेष अफर श्रावण २५ गतेदेखि सुरु भई श्रावण ३० गतेसम्म चल्ने तय गरिएको छ।
कार्यक्रमको दुई दिनमै ४२ मध्ये ३७ वटा पुराना मोटरसाइकलहरू नयाँ TVS बाइक वा स्कुटरसँग साटासाट भइसकेका छन्। साथै नयाँ TVS मोटरसाइकल र स्कुटरको बिक्री पनि निकै उत्साहजनक भइरहेको आयोजक अमृत चोहनले जनाएका छन्।
यस अफरअन्तर्गत जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थामा रहेका बाइक साट्दा न्यूनतम रु. ३०,००० सम्मको मूल्यांकन, थप रु. १०,००० सम्मको मूल्य वृद्धि, अधिकतम रु. ८,००० सम्म नगद छुट साथै हेल्मेट र बाइक कभरजस्ता निःशुल्क एक्सेसरीज दिइँदैछ।
जगदम्बा मोटर्सका प्रतिनिधिहरूका अनुसार ग्राहकहरूको प्रतिक्रिया अत्यन्तै सकारात्मक रहेको छ। बाँकी दिनहरूमा अझ बढी ग्राहक सहभागी हुने अपेक्षा गरिएको छ।
कार्यक्रम श्रावण ३० गतेसम्म मात्र लागू हुने भएकाले इच्छुक ग्राहकलाई तत्काल लाभ लिन आग्रह गरिएको छ।
विस्तृत जानकारीका लागि ९८५४०३०४४१, ९८०१६७१३४८, ९८०१६६८७६५, ९८२५८९६०३५ मा सम्पर्क गर्न सकिनेछ।
(आर्यन अटो मोबाइलस्, जनकपुरधाम)
