जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको सरँचिया कुट्टी नजिक विश्वकर्माचोकस्थित एक २० बर्षिय युवकको हत्या भएको हो ।
महोत्तरीको भटौरियाका प्रिन्स कुमार महासेठको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाकाले जनाए ।
प्रत्यक्षदर्शीका अनुसार, उक्त समूहले प्रिन्स कुमारलाई लखेटी लखेटी छुरा हानेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार अहिले दुई युवकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानको लागि शंकाको आधारमा दुई जनालाई नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीका अनुसार, दुवै जना शंकास्पद मात्रै रहेकोले अहिले नाम, ठेगाना भन्न नमिल्ने भएको छ ।
प्रिंस कुमार महासेठ महोत्तरीको एकडारा गाउ पालिका ३ भटौलीया निवासी हुन । गाउँको श्री सम्पत्ति बेचेर उनको परिवार जनकपुर बस्दै आएको थियो । बुवा जमाहिर लाल महासेठको कोरोना कालमा मृत्यु पश्चात आमाले फलफूल व्यबसाय गरी बालबच्चाको पालन पोषण गर्दै आएकी थिइन ।
