जनकपुरधाम । जनकपुरको मिट क्याम्पसको स्कूल बसले ठक्कर दिँदा पुरुषको घटनास्थलमै मृत्यू भएको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका परिकौली चौक दामोदर स्कूल अगाडि मिथिला इंस्टिट्यूट ऑफ टेक्नोलॉजी एम.आई.टि. जनकपुर को बा २ क १५३६ नम्बर को बस जनकपुरबाट जलेश्वर आउदै क्रममा एक मोटरसाइकल चालकलाई ठक्कर दिदा परिकौली निवासी ३५ वर्षिय सन्तोष यादवको घटनास्थलमैं मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जलेश्ववरबाट जनकपुर तर्फ जादै गरेको मोटरसाइकिल नम्बर ज ८ प ९२६७ का चालक यादवको मृत्यु भएपछि स्थानियले सड़क जाम गरेका छन ।
दिउँसो १२ बजेदेखि नै जनकपुर–जलेश्वर सडकखण्डमा स्थानीयहरुले सडक जाम गरी प्रदर्शन गरिरहेको छ । सडक जामको कारण जनकपुर र जलेश्वरबाट चल्ने सवारी साधनहरु सडकमै ठप्प भएको छ ।
