ad
जनकपुरधाम ।
सर्लाहीको मलंगवामा स्कार्पियो गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
ना १ झ १७०० नम्बरको स्कार्पियो गाडीले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका १४ का हिरा लाल मण्डलको ४ वर्षीय छोरा निशान्त मण्डलको घटना स्थलमै मृत्यु भएको हो ।
गाडीले ठक्कर दिएपछि गम्भीर घाइते बालक निशान्तलाई उपचारका लागि सर्लाही अस्पताल मलंगवामा लगिएको थियो । तर अस्पतालले मृत घोषणा गरेको छ ।
छोराको मृत्युपछि नाम खुल्न नसकेकी आमा अस्पतालमै बेहोस बनेकी छन् । प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ ।
Ad
Ad
Ad
Ad
Ad