किसमत सिंह
जनकपुर । सिरहामा विभिन्न पार्टी परित्याग गरी सिरहाको गोलबजार र सखुवानन्कारकट्टीमा १ हजार ५ सय भन्दाबढी जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
सिरहाको गोलबजार र सखुवानन्कारकट्टीमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमाम नेकपा एमालेका नेता पुर्व उप प्रधान तथा रक्षामन्त्रि ईस्वर पोखरेलको प्रमुख आतिथीयमा र सिरहा ३ का प्रतिनिधि सभा सांसद तथा पुर्व मन्त्रि लिला नाथ श्रेष्ठको आतिथीयमा सो कार्यक्रम भएको हो । प्रवेश कार्यक्रममा नेपाली काँग्रेस ,एस,जसपा र जनमत पार्टी छाडेर आउँनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमाले पार्टीमा प्रवेश गराएका हुँन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि पोखरेलले वर्तमान सरकार अरुदेशको चाकरी गर्ने बनेको हो । देश बनाउने एक मात्र पार्टी एमाले रहेको उनले बताएको छ । र अहिलेको नया पार्टीको पनि कुनै इतिहास नरहेको र एमालेको इतिहास पुरानो रहेको र यसमा जुटन आग्रह समेत गरेका छन् । सरकार माथि कटाक्ष गर्दै भने यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए ।

माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठ गाँठलाई निकमा सरकारको संज्ञा दिदै वर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाई छ ।

नेकपा एमाले जिल्ला कमेटि द्धारा आयोजीत कार्यक्रममा नेपका एमालेका सिरहा क्षेत्र १ का प्रतिनिधि सभा सांसद उर्ग नारायण यादब, गङ्गा प्रसाद साह, जिल्ला पार्टी अध्यक्ष राम औतार यादब , मधेश प्रदेश सांसद सत्रुधन महतो मनोज सिंह , कर्जन्हा नगरपालिका प्रमुख भोला पोखरेल , नरहा पालिका प्रमुख प्रमोद यादब , सिरहा नगरपालिका मेयर डा. नबिन यादव लगायत ९ ओटै पालिकाका नगर प्रमुख उप प्रमुख र बिभिन्न तह तप्का पदादिकारी सहित स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
