जनकपुर ।
नेपाल प्रहरीका एक असई घुससहित रँगेहात पक्राउ परेका छन् ।
सिरहाको मिर्चैया ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी असई ९ हजार रुपैयाँ घुसहित रँगेहात पक्राउ परेका छन् ।
विहिबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरी शाखाबाट खटि आएको टोलीले ईलाका प्रहरी कार्यालय मिर्चैयामा मुद्दा फाँटमा कार्यरत प्रहरी असई सचिन यादवलाई ९ हजार रुपैयाँ घुससहित रँगेहात पक्राउ गरिएको हो ।
उनले सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिसकेको अवस्थामा मिर्चैयास्थि रहेको लक्ष्मी पुस्तक पसलबाट पक्राउ परेका हुन् ।
मुद्दा मिलाउन सेवाग्राहीसँग घुस मागिरहेको सूचनाको आधारमा अख्तियारको टोलीले उनीमाथि निगरानी सुरु गरेको थियो ।
प्रहरी असई यादवलाई अहिले पक्राउ गरी मुचुल्का उठाउने कार्य गरिरहेको छ । केही बेरमा विस्तृत आउने जनाइएको छ ।