.
जनकपुर ।
सेनेगलको मध्य भागमा दुईवटा बस आपसमा ठोक्किँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । अन्य दर्जनौँ घाइते भएका छन् ।
अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानले अचानक एउटा बसको एउटा टायर पडकिएपछि विपरीत दिशाबाट आइरहेको अर्को बससँग ठोक्किएको देखाएको छ ।
राष्ट्रपति म्याकी सालले यस घटनालाई लिएर मुलुकमा तीन दिन शोक मनाउने घोषणा गरेका छन् । साथै सडकको सुरक्षा व्यवस्थामा सुधार ल्याउने प्रतिबद्धता जनाएका छन् ।
सेनेगलमा सडक दुर्घटना दोहरिरहन्छन् । तर पछिल्ला वर्षहरूमा भएको यो सबैभन्दा भयावह दुर्घटनामध्ये एक हो ।
आपत्कालीन सेवाका अधिकारी चेइख फलले मध्य सहर क्याफ्रीनमा भएको यस घटनामा ८७ जना घाइते भएको जानकारी समाचार एजेन्सी एएफपीलाई दिएका छन् ।
त्यसैगरी केन्यामा भएको एउटा अर्को दुर्घटनामा २१ जनाको मृत्यु भएको छ । अन्य ४९ जना घाइते भएका छन् ।
युगान्डाको सीमाना पार गरी केन्या प्रवेश गर्ने क्रममा बस दुर्घटना भएको हो । मर्नेमा अधिकांश केन्याली रहेका छन् भने आठजना युगान्डाली रहेका छन् ।
.
.