निबन यादव
जनकपुर ।
मधेस प्रदेशकाे सप्तरी जिल्लामा गएराति आगलागी हुँदा एक जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बाेदेबर्साईन नगरपालिका–४ सिल्हटमा घुरबाट सल्केको आगोले भैंसी गोठमा सुतेका ८० वर्षीया मुक्ती राउत (पाल)को मृत्यु भएको ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बालिश्टर सिंहले जानकारी दिनु भएकाे छ।
सो आगलागीमा परेर राउतकै नाती २५ वर्षीय धर्मदेव पाल राउत आगलागीमा परेर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैंसीको जलेर मृत्यु भएको छ भने दुई वटा भैंसी आगोमा जलेर घाइते भएको छ ।
ad
Ad
Ad
Ad
Ad
Ad