जनकपुर ।
सिरहा निर्वाचन क्षेत्र नं.४ 'ख' का जनतालाई सेवा गर्नको लागि युवा सतेन्द्र कुमार यादवको उम्मेदवारी दर्ता गराएपछी क्षेत्रबासी खुशी भएका छ्न।
धेरै ठाउँमा कुस्ती (पहलमानी) बाट आफ्नो नाम कमाएको यादवले सिरहाको ४ को “ख” बाट उम्मेदवारी दर्ता गराएसँगै सो क्षेत्रका वासिन्दाहरु आफ्नो क्षेत्रको विकास हुने विश्वास लिएका छन् ।
युवा यादवले प्रदेश सभामा स्वतन्त्र तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यादवको परिवार नै सिरहाको विकासको लागि सक्रिय छ ।
युवा अवस्थामै राजनीतिमा आउनुको कारण यसअघि जितेका जनप्रतिनिधिहरुले सो क्षेत्रको विकासको लागि सिन्को पनि नभाँचेकोले गलत परम्परा तोड्नको लागि आफू चुनावी मैदानमा खडा भएको यादवले पत्रकार आयुब हुसेनलाई सुनाए ।
उनले आफू कुराभन्दापनि काममा विश्वास गर्ने व्यक्ति भएकोले जनताले जिताएर पठाए सो क्षेत्रको मुहार फेर्ने विश्वास दिलाए ।
विभिन्न विकसित देशको भ्रमण गरिसकेका यादवले सो क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा काम गर्ने बताएका छन् । उनको चुनावी घरदैलोमा जनताको उत्साहजनक सहभागिता देखिएको छ ।
सोही स्वतन्त्र उमेदवार यादवलाई चुनावी चिह्न जिप छाप रहेको बताए ।
Ad
Ad
Ad