महोत्तरी - औरही नगरपालिकाबाट एकै साथ ५ जना किशोरी वेपत्ता भएका छन् ।
औरही नगरपालिका वडा नं. २ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबि सदा मंगलवार दिउँसो देखि सम्पर्क बिहिन रहेको परिवारजनले बताएका छन् ।
औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खडकाले सम्पर्क विहिन रहेका बालिकाका अभिभावकहरुले आफूलाई यस विषयमा जानकारी गराएको बताए ।
उनले बालिका वेपत्ता रहेको विषयमा इलाका प्रहरी कार्यालय गौशलामा खोजतलास गरिदिनको लागि समेत पहल र निवेदन दिन लगाएको बताएको छ।
प्रहरीले वेपत्ता रहेका बालिकाको खोजतलास सुरु गरिसकेको इप्रका गौशलाका इन्चार्ज इन्स्पेक्टर मनोज यादव जनाएको छ।
यता नगर प्रमुख खड्काले ईलाका प्रहरी कार्यालयका प्रमुख यादवलाई शंकास्पद व्यक्तिलाई पक्राउ गरि सोधपुछ गर्नु पर्नेमा त्यस्तो नगरिएकोमा आपति जनाएका छन् ।
घटना भएको २४ घन्टा बितेपनि सोधखोज नगरेकोमा उनले आपति जनाएका हुन् ।
