ad
जनकपुर ।
चन्द्रपुर निजगढस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको बीचमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा मोटरसाइकलमा सवार तीनजनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
राजमार्गमा बिग्रिएर रोकिराखेको प्रदेश २ -०३-००१ ख ४२२९ नम्बरको ट्रकमा प्रदेश २-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक रौतहट गुजरा नगरपालिका–३ सिमरीका वर्ष २६ का भुवन पहाडी र मोटरसाइकलमा सवार सोही ठाउँका वर्ष २७ को रीत बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसै गरी मोटरसाइकल पछाडि बसिरहेका सिमरीकै २४ वर्षीय सुशील माझीको टाउको र छातीमा गम्भीर चोट लागेर हाल भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा रहेको छ ।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल कलैया पठाएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
Ad
Ad
Ad
Ad
Ad