ad
जनकपुर ।
जनकपुर उपमहानगरपालिका १७ मनहरपुर स्थितमा रहेको ग्रीन भ्याली ईग्लिस बोडिंग स्कूलका विद्यार्थीहरूले जनकपुरको कबिर वात्सल्य आश्रमलाई करिब रु ५ हजार र खाने समान सहयोग गरेका छन् ।
जनकपुर–८ स्थित कबिर वात्सल्य आश्रममा आयोजित कार्यक्रममा शनिबार विद्यार्थीहरूले आश्रमका सञ्चालक सत्यनारायण आलोक बाबालाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीले आफ्नोबाट जुटाएको रकम आश्रम सञ्चालकलाई प्रदान गरिएको स्कूलका संस्थापक प्रिन्सिपल श्याम प्रसाद साहले बताए ।
उनका अनुसार विद्यार्थीले आफ्नोबाट पैसा जम्मा गरेर उक्त रकम जुटाएका थिए । कार्यक्रममा उक्त स्कूलले पनि सोही बराबरको रकम उपलब्ध गराएको पत्रकार मोकिम मंसुरीले जानकारी दिए ।













