ad
जनकपुर ।
धनुषाको जनकपुर उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
दुर्घटनमा मृत्यु हुनेमा स्थानीय २३ वर्षीय रामनारायण ठाकुर रहेका छन् ।
गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा गएराती मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।
हिजो साँझ ५ बजे ज ११ प ७५८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा ठोकिएको प्रहरी चौकी जिरोमाईल धनुषाले जानकारी दिएको छ ।
ad
Ad
Ad
Ad