.
जनकपुरधाम ।
सर्लाहीको मलंगवामा रहेको सर्लाही क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका धर्मेन्द्र राय यादव निर्वाचित भएका छन् ।
रायले ३८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सुजित कुमार यादवले ३३१ मत पाएका छन् ।
यस्तै उपसभापतिमा मो. कौशल अली, सचिवमा कृष्ण कुमार यादव, कोषाध्यक्षमा अनु अधिकारी र सह(सचिवमा नितु कुमारी विजयी भएका छन् ।
यस्तै सदस्यहरूमा सुभाष यादव, चन्दन महतो, रंजना यादव, कृष्णनन्दन साह, निशा कुमारी मिश्रा विजयी भएको बताइएको छ ।
.
.
.
.