जनकपुर ।
विमानस्थलमा भेटिने यात्रु उनीसँग सेल्फी खिच्न झुम्मिन्थे । तर बिहीबार बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत लामिछाने काठमाडौं अवतरण गर्दाको स्थिति भने भिन्न थियो ।
किनकि, यसपटक विमानस्थलमा लामिछानेविरूद्ध जारी भएको पक्राउ पूर्जी बोकेर प्रहरी टोली कुरिरहेको थियो । उनी सवार जहाज १० बजे काठमाडौं अतवरण गर्ने निर्धारित समय थियो । मौसमका कारण केही ढिलाइ हुँदा थप एक घन्टा लाग्यो ।
ओर्लिने वित्तिकै उनलाई नेपाल प्रहरीका जवानहरुले माइक्रोमा राखे । अरु बेला विशिष्ट व्यक्तिलाई यसरी भीआईपी कक्षतिर ल्याइन्थ्यो । यसपटक चाहिँ नाबालिग ब लात्कारका आरोपीका रुपमा प्रहरीले लामिछानेलाई त्यो माइक्रो चढाएको थियो ।
प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने त्यहीँ उनलाई पक्राउ पूर्जी थमाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्यामलाल ज्ञवाली बताउँछन् ।
गाडीबाट ओर्लिएपछि उनी ‘अराइभल’को रिसेप्सनमा पुगे । त्यहाँ अध्यागमनको प्रक्रिया पूरा भएपछि प्रहरीले उनलाई हत्कडी लगाइदियो । कानून व्यवसायी सरोजकृष्ण घिमिरेले लामिछानेले आफैं आत्मसमर्पण गर्ने भन्दै विमानस्थलमा हत्कडी नलगाइदिन भनिएको बताएका थिए ।
तर जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराका अनुसार प्रहरीलाई त्यस्तो कुनै निवेदन आएको थिएन । ‘निवेदन आएपनि कानूनको नजरमा कोही भीआईपी वा प्रतिष्ठित व्यक्ति भन्ने हुँदैन,’ उनले भने, ‘अरु अभियुक्त सरह नै लामिछानेलाई पनि व्यवहार गरिन्छ ।’
प्रहरीसँग गाडीमा चढ्दा लामिछाने चुपचाप बसेका थिए । तर हत्कडी लागेपछि चाहिँ अध्याँरो मुख पार्दै असहज माने । बाहिर सञ्चारकर्मीहरु तस्वीर लिन बसेको देखेपछि कालो मास्क, कालो क्याप र सेतो ट्र्याकसुटमा रहेका उनले गोजीबाट रुमाल झिके । हत्कडी लुकाउने प्रयास गरे ।
प्रहरी वृत्त, गौशालाले उनीविरुद्ध नाबालिक ब लात्कारसम्बन्धी किटानी जाहेरी दर्ता भएकाले पक्राउ गर्न सहजिकरण गरिदिन भन्दै पहिल्यै अध्यागमन विभागलाई पत्राचार गरिसकेको थियो ।
पत्रको बोद्यार्थ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयलाई दिइएको थियो । त्यही अनुसार उनलाई विमानस्थलमा ओर्लिने वित्तिकै पक्राउ गर्न प्रहरी परिचालित थियो ।
नेपालको हवाई सुरक्षाप्रति इयुको प्राविधिक टोली सकारात्मक नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ ।
नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले तीन दिनको अडिटपश्चात नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यद्यपि अक्टोबर २८ (कात्तिक ११ गते) मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ । उक्त प्रतिवेदनपछि औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ । इयासाको टेक्निकल ओअप्रेसन टिमले यही असोज २१ देखि असोज २३ गतेसम्म नेपालको एभिएशन क्षेत्रको अडिट गरेको थियो । तीन सदस्यीय प्राविधिक टोलीले अडिट गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले इयुअन्तर्गतको प्राविधिक टोली नेपाली हवाई क्षेत्रको अवस्थाबारे सकारात्मक रहेकाले नेपाल इयुको ‘उड्डयन सुरक्षा सूची’ बाट चाँडै हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “इयासाको प्राविधिक टोलीले नेपालले हवाई सुरक्षा क्षेत्रमा गरेका प्रगतिका बारेमा अध्ययन, छलफल गरेर गरेको छ । प्रतिवेदन आइसकेपछि प्रतिवेदनमा औँल्याइएका विषयमा प्राधिकरणले जवाफ दिनेछ र अन्तिम प्रतिवेदन इयुमा बुझाएपछि सुरक्षा सूचीबाट हटाउने निर्णयको टुङ्गो लाग्छ ।”
इयूको प्राविधिक टोलीले अहिलेसम्म गरेको प्राविधिक अध्ययन र प्राधिकरणसँग गरेको छलफलमा इयासाको टोली सन्तुष्ट रहेको प्रवक्ता निरौलाले बताउनुभयो ।
नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हासिल गरेको ग्लोबल एभरेजभन्दा माथि अर्थात ७० दशमलव एक प्रतिशत हवाई सुरक्षादर र हवाई दुर्घटना नियमावली मन्त्रिपरिषद्बाट पास भइसकेकोलगायत विषयलाई आधार मानेर अडिट गरेको बताइएको छ ।
उक्त प्राविधिक टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गरेको प्राधिकरणले जनाएको छ ।
इयुले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । जसका कारण नेपालमा दर्ता भएका अन्तर्राष्ट्रिय वायुयानले युरोपमा उडान भर्न पाएका छैनन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले युरोपका आकाशमा उडान भर्न पाउँदैनन् तर, युरोपका जहाजले नेपालको आकाश सहजरूपमा प्रयोग गर्न पाउँछन् ।
यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले सुरक्षा सूचीबाट हटाएको थियो । अहिले एशिया प्रशान्त क्षेत्रको ग्लोबल हवाई सुरक्षादर ६७ पुगेको छ ।
आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ । आइकाओको सेफ्टी अडिटमा नेपालले ७० दशमलव एक प्रतिशत अङ्क पाएको थियो ।
इयुले उठाएका सुरक्षा चासोका विषय सम्बोधन भइसकेको र नेपालको हवाई सुरक्षाको अवस्थामा सुधार आएकाले यो पटक नेपाल इयुको सुरक्षा सूचीबाट हट्ने प्रवक्ता निरौलाले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अब इयुको सुरक्षा सूचीबाट नेपाल हट्छ । हामीले हवाई सुरक्षादरमा उल्लेख्य प्रगति गरेका छौँ । अन्य धेरै कुराको सुधार भएको छ ।”
आइकाओले विश्वव्यापी उडान सुरक्षा सुपरीवेक्षणअन्तर्गत आफ्ना सदस्य राष्ट्रको उडान सुरक्षा स्थितिको नियमितरूपमा मूल्याङ्कन गर्छ । प्राधिकरणले नियामक र सेवाप्रदायक निकायमा कर्मचारी सरुवा नगर्ने गरी नियमावली पनि संशोधन गरेको प्राधिकरणले जनाएको छ ।
नियामक निकायमा रहेको कर्मचारीको दरबन्दी सेवाप्रदायकमा सरुवा नहुनु ठूलो उपलब्धि भएको प्रवक्ता निरौलाले उल्लेख गर्नुभयो । इयुले प्राधिकरण विभाजन गरेर नियामक र सेवाप्रदायक बनाउन चासो दिएको थियो । संस्था विभाजन इयुको पूर्वशर्त नभएकाले अब संस्थागत विभाजन नहुने उहाँले स्पष्ट पार्नुभयो ।