ad
जनकपुर ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको छ ।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएको हो ।
विज्ञप्तिमा हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको र इण्डियन आयल कर्पोरेशनको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चूनौतीपूर्ण अवस्था रहेकोले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथाबत राखिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ- ‘हाल अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्य पुनः घटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सुचारु राख्न र इण्डियन आयल कर्पोरेशनको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चूनौतीपूर्ण अवस्था रहेकोले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।’
बिहीबार इण्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो ।
निगमले आइओसीले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ घटाएर पठाएको जानकारी दिएको थियो ।
Ad
Ad
Ad
Ad