Ad
जनकपुर ।
प्युठानको सरुमारानी गाउँपालिका-२ ददेरीमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
ऐरावती गाउँपालिका-३ निवासी अन्दाजी ४५ वर्षीया वसन्ता पाण्डेको बसको ढोकाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
मंगलवार दिउसो साढे १२ बजेतिर सरुमारानी-३ नौघाटदेखि दाङको भालुवाङतर्फ जाँदै गरेको लु १ ख ९४७४ नम्बरको बसको ढोकाबाट खसेर पाण्डे गम्भीर घाइते भएकी थिइन् ।
घाइते पाण्डेलाई उपचारका लागि भालुवाङस्थित राप्ती पोलिक्लिनिक लगिएकोमा पोलिक्लिनिकले मृत घोषणा गरेपश्चात् पोस्टमार्टमका लागि लमही लगिएको खड्काले जानकारी दिए ।
ढोकामा आएर बान्ता गर्ने क्रममा पाण्डे लडेको प्रहरीको अनुमान छ ।
ad
Ad
Ad
Ad