जनकपुर ।
सर्लाहीमा नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।
जिल्लाको हरिवनमा शनिबार दिउँसो झडप हुँदा ३ जना घाइते भएका छन् ।
घाइते तीनै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । ३ जना घाइतेमध्ये घाइते शेष बच्चु काठमाडौँ र अर्का घाइते शेष इस्तियारलाई वीरगन्ज पठाइएको छ ।
हरिवन नगरपालिका–११, स्थित पाडा बजारमा भएको झडप नियन्त्रण गर्न प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार गरेको छ ।
अश्रुग्याँस प्रहार गरेपछि भीड तित्तरबित्तर भई स्थिति सामान्य बनिसकेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
ad
प्रहरीले दिउँसो भएको झडपको घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको छ ।
बजारमा कौडी उठाउने विषयलाई एमाले र माओवादीका कार्यकर्ताले राजनीतिक ‘इसु’ बनाइरहेका छन् ।
ad
Ad