.
जनकपुर ।
भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको झड्का महसुश भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १० बजेर १७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो ।
भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ताहरु खटाउन लागिएको समचारमा जनाइएको छ ।
भूकम्पको धक्का अफगानिस्तान, भारत र पाकिस्तानसहित अरु छिमेकी देशहरुमा पनि महसुस गरिएको जनाइएको छ ।