जनकपुर -
महाेत्तरीकाे भंगहामा भएको सम्प्रदायिक दंगा नियन्त्रण गर्न आज बसेकाे सर्व पक्षिय बैठकले ७ बुँदे निर्णय गरेकाे छ।
मिति २०७९ मंसिर् ४ गते सम्पन्न हुने प्रतिनिधी सभा सदस्य / प्रदेश सभा सदस्य निर्वाचनको लागि जारि गरिएको निर्वाचन आचारसंहिता २०७९ सरोकारवाला सबै पक्षले पालना गरी
आगामि प्रतिनीधिसभा/प्रदेशसभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भय रहित वातावरणमा सम्पन्न गर्न सबै राजनैतिक दल, उम्मेदवार र सरोकारवाला पक्षहरुले सहयोग पुर्याउने,
२०७९/०७/१० गते भँगाहा न.पा. वडा ८ को पररियामा हिन्दु वाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा भएकोले दुई पक्ष बीचको
असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सदभाव कायम गर्न घट्नामा सम्बद्ध दुवै पक्षलाई र आम नागरिकलाई आव्हान गर्ने।
२०७९/०७/१० गते भंगहा-८ पररियामा भएको घटनामा भएको धनजनको क्षतिको विवरण संकलन गरी क्षतिपुर्तीको सिफारिस गर्न टोली गठन गर्ने, घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घाईतेको तत्काल उपचार खर्चको लागि आवश्यक व्यवस्था हुन गृह मन्त्रालय मार्फत नेपाल सरकारमा अनुरोध गर्ने।
२०७९/०७/१० गते भँगाहा-८ पररियामा भएको घटनामा संलग्न दोषि पत्ता लगाई कानूनी प्रक्रिया बमोजिम कार्यावाही अगाडि बढाउने, घटनाको छानविनको लागि उच्च स्तरिय टोली गठन गर्न नेपाल सरकार गृह मन्त्रालय सँगअनुरोध गर्ने र परिस्थितिलाई काबुमा राखे तथा सामाजिक सद्भाव कायम गर्न सदभाव र्याली गर्ने, दलगत रुपमा शान्ति कायम गर्न अपिल गर्ने लगायतका कार्य, जिल्लामा कृयाशिल राजनैतिक पार्टी र समाजिक अगुवा संलग्न सर्वदलिय / सर्वपक्षिय संयन्त्रले गर्ने निर्णय गरिएको छ।
ad
Ad
Ad
