जनकपुर ।
सिरहामा विश्वकर्मा पूजाको अवसरमा केटी नृत्य नाच (आर्केस्ट्रा) मा झडप भएको छ । विष्णुपुर गाउँपालिका –३ मा विश्वकर्मा पुजाको उपलक्ष्यमा केटी नृत्य नाचमा झडप भएको हो ।
नाच गानकै क्रममा दुई पक्षबीच झडप हुँदा स्थानीय राम पुजन यादव, जितेन्द्र दास र सत्रुधन यादव घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका उनीहरुको टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको छ । उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल सिरहा पठाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आर्केस्ट्रा जस्ता केटी नृत्य अश्लील नाच नचाउन सूचना नै जारी गरी निषेध गरेको छ ।
तर उक्त सूचनालाई धज्जी उडाएर विष्णुपुर लगायत सिरहाको विभिन्न ठाउँमा अश्लील गीतमा केटी नृत्य नाच भइरहेका छन् ।
ad
Ad
Ad
Ad
Ad