जनकपुर ।
सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची तयारीमा जुटेको छ ।
काठमाडौँको सम्पर्क कार्यालयमा जारी सचिवालयको बैठकले बन्द सूची तयार गरिरहेको सो पार्टीका महासचिव चन्दन सिंहले बताएका हुन् ।
प्रदेश प्रदेशबाट समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको र सिफारिस भएको नाममा छलफल चलिरहेकाले भोलिसम्म त्यसबारे टुंगो लाग्ने उनले बताए ।
पार्टीका नयाँ तथा पुरानो कार्यकर्तालाई समानुपातिक उम्मेदवारमा राखिने उनले बताए ।
उनले भने, 'पार्टीमा कम्तीमा १० वर्ष काम गरेको पुरानो नेता तथा नयाँ आउनेको पनि योगदान, उनको जनाधारलगायत विषय मूल्याङ्कन गरी समानुपातिक उम्मेदवारमा राख्ने छौँ ।
ad
Ad
Ad
Ad
Ad
