.
जनकपुर ।
शनिबार नेपाल सरकारका सबै सरकारी वेबसाइट एकैपटक डाउन भएका छन् ।
नेपाल सरकार मातहतमा रहेको ‘जीओभी डट एनपी’ अन्तरगतका वेबसाइटहरु एकैपटक डाउन भएका हुन् ।
सरकारी मन्त्रालय, विभाग, प्राधिकरण लगायत सम्पूर्ण सरकारी संस्थान तथा विभागहरुको वेबसाइटमा समेत समस्या देखिएको छ ।
.
नेपाल टेलिकम, एनसेल र ब्रोडब्याण्ड इन्टरनेटमा समेत वेबसाइट खुलेका छैनन् ।
‘जीओभी डट एनपी’ डोमेनमा रहेका सम्पूर्ण वेबसाइट खोल्दा ‘This site can’t be reached’ देखाउँछ । यसबारे प्रधानमन्त्री कार्यलयमा बुझ्दा यो समस्या समाधान गर्ने काम भइरहेको जानकारी दिएका छन् ।
‘प्रधानमन्त्रीको प्राविधिक टोलीले यसबारे काम गरिरहेको छ । प्राविधिक कारणले केही समय डाउन भएको छ । यो बन्दैछ । चाँडै सुचारु हुन्छ,’ प्रेस संयोजक सूर्यकिरण शर्माले भने ।
त्यस्तै सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सर्भरमा समस्या आउँदा सबै सरकारी कार्यालयका वेबसाइट डाउन भएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, 'सबै कार्यालयका वेबसाइट डाउन भइरहेको छ ।
यसलाई छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । छिट्टै बन्छ ।' तर, के कारणले वेबसाइट डाउन भएको भन्नेबारे भने आर्यालले जानकारी दिएनन् ।