जनकपुरधाम ।
जनकपुर क्षेत्रस्थित एकाबिहानै युवतिको लास फेला परेको हो।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ र ४ को बीचमा पर्ने पुलचोकस्थित एकाबिहानै युवतिको लास फेला परेको हो ।
यदुकूहाको पुलचोकस्थित रहेको नहरसँगै एक झाडीमा युवतिको लास फेला परेको हो । अन्दाजी २६ बर्षिय युवति नव विवाहिता रहेको स्थानीय प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
ईलाका प्रहरी कार्यालय यदुकुहाको कार्यालयदेखि केही दुरीमा युवतिको लास फेला परेको प्रत्यदर्शीहरुले जनाएका छन् ।
बिहान स्थानीयहरु खेतबारी तर्फ जाँदा युवतिलाई मृत अवस्थामा देखेपछि स्थानीयहरुलाई खवर गरेको थियो । स्थानीयहरुले नजिकको प्रहरीलाई जानकारी गराएपछि घटना बाहिर आएको हो ।
मुचुल्कापछि युवतिको लासलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल पठाउने तयारी समेत गरिएको प्रहरीले जनाएको छ ।
ad
Ad
Ad
Ad
Ad