जनकपुर -
महोत्तरीको पिपरा गाउँपालिका ७ का ७ देखि १० वर्षका तीन जना बालिका ७ घन्टापछि जनकपुरमा भेटियो ।
महोत्तरीको पिपरा गाउँपालिका ७ का ७ देखि १० वर्षका तीन जना बालिका भदौं २२ गते बिहान ११ बजेदेखि सम्पर्कविहीन थिए ।
विद्यालय सकेर घर फर्किँदै गरेका बालिका बाटोबाटै बेपत्ता भएका जनकपुर कसरी पुगियो अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाले जनाएको छ ।
पिपराका स्थानीयवासीहरूका अनुसार पिपरा गाउँपालिका ७ बनौलीका मुनिश चौधरीकी ८ वर्षीया छोरी आराधना चौधरी र पिपरा ७ बनौलीका दीपेन्द्र झाका दुई छोरीहरू ७ वर्षीया प्रज्ञा कुमारी र १० वर्षीया प्रियांशी कुमारी बेपत्ता भएका थिए ।
स्थानीयवासीहरुका अनुसार तीनै बालिका गाउँमै रहेको बाब्य सिट्टिङ इङलिस बोर्डिङ स्कुलमा पढ्छन् । प्रियांशीका पिता दीपेन्द्र झाले बालिकाको खोजी गर्दा नभेटेपछि पिपरा प्रहरी चौकीमा निवेदन दिएका थिए ।
थप आउन बाकी !
https://m.facebook.com/story.php?story_fbid=3371502433172569&id=1017694168
ad
Ad
Ad