जनकपुरधाम ।
भोली हुन लागेको प्रतिनीधिसभा तथा प्रदेशसभा चुनावको मौन अवधीमा प्रचार प्रसारको लागि निस्केको नेकपा (समाजवादी) पार्टीको गाडी नदीमा पल्टेको छ ।
धनुषाको कमला नगरपालिका र विदेह नगरपालिकाको बीचमा हुलाकी सडक अन्तर्गत बा १३ च २०३७ नम्बरको चारपाँग्रे गाडी नदीमा खसेको हो ।
Advertesment
मौन अवधीमा निर्वाचन आयोगले प्रचार प्रसार गर्न नहुने आचारसंहिता लागू भएपनि नेकपा समाजवादी पार्टी (कलम छाप) को प्रचार प्रसार गाडी बाहिर देखिएको हो ।
कमला नगरपालिका वडा नम्बर २ सराबे टोल र विदेह नगरपालिका वडा नम्बर ५ मुडिबाको बीचमा दुवै तर्फ रहेको नदीमा गाडी खसेको हो ।
तीव्र गतिमा रहेको सो गाडी अनियन्त्रित भएर नदीमा झरेको प्रत्यदर्शीहरुले बताएका छन् । चालक रक्सी सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको बताइएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (समाजवादी) पार्टीबाट रामचन्द्र झाले उम्मेदवारी दिएका छन् । सो गाडीमा निर्वाचन प्रचार प्रसार समाग्रीहरु फेला परेको हो ।
Ad
Ad
Ad