जनकपुर ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी अध्यक्ष उपेन्द्र यादवविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोप लगाउँदै जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत सो पार्टीका कार्यकर्तामाथि कारबाही गर्न माग गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक, टिकटक र ट्विटर लगायतमा जनमत पार्टीका नेता एवं कार्यकर्ताहरूले जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध तथ्यहीन सन्देशहरू उत्पादन एवं संप्रेषण गरी मतदाता जनतामा भ्रम फैलाएको जसपाको आरोप छ ।
निर्वाचनमा कुनै पार्टी वा उम्मेदबार बारे तथ्यहीन सामाग्री गर्नु गराउनु आचारसंहिताको गम्भीर उल्लंघन भएको भन्दै जसपाले त्यस्ता कार्यमा संलग्न जनमत पार्टीका नेता कार्यकर्तालाई कारबाही गर्न जसपाले निर्वाचन आयोगसँग माग गरेको छ ।
जसपा सप्तरीका अध्यक्ष केदार यादवले उम्मेदवारहरू चुनावी अभियानमा रहेको अवस्थामा सीके राउतका कार्यकर्ताहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनीहरूमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।
सप्तरी अध्यक्ष केदार यादवले भने, ‘सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले बोल्दै नबोलेको कुरालाई भिडियो क्लिपमा जनमत पार्टीलाई समर्थन गरेको भन्दै नक्कली आवाज राख्न लगाई सामाजिक सञ्जाल मार्फत् मतदातामा भ्रम फिँजाउने कार्य हुँदैछ, यो नितान्त गलत एवं अशोभनिय हो । निर्वाचन आयोगले उनीहरूलाई कारबाही गर्नुपर्छ ।’
ad
Ad
Ad
Ad
Ad