जनकपुर ।
धनुषामा आइतबार राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
सबैला नगरपालिका–१३ स्थित रघुनाथपुरमा आइतबार राति करिब ८ बजे मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। ठक्कर दिई मोटरसाइकल चालक फरार भएको एक स्थानीयले जनाएको छ ।

मोटरसाइकलले ठक्कर दिँदा रघुनाथपुर–१३ कि ५० वर्षीय रौदि ठाकुरको मृत्यु भएको ईलाका प्रहरी सबैलाले जानकारी दिए।
ठक्कर दिने मोटरसाइकलसहित चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
अहिलेसम्म महिनाथपुर बिरेन्द्रबजार सडक खण्डमा स्थानीय र पीडित परिवारहरुले सडक जाम गरेर पर्दर्शन गरिरहेका छन।
