जनकपुर ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टी नबाहिरिने प्रष्ट पारेका छन् ।
गठबन्धन अझ सशक्त भएर अगाडि बढ्ने र त्यसमा जसपाको पूर्ण सहयोग रहने बताउँदै उनले यो पाँच दलीय गठबन्धन बनाउनमा जसपामा मुख्य भूमिका रहेको बताए । उनले यस्तो अवस्थामा त्यतिकै छाडेर जाने कल्पना पनि गर्न नसकिने बताए ।
गठबन्धन बैठकमा सहभागी हुनुअघि रातोपाटीसँग कुरा गर्दै अध्यक्ष यादवले सीट बाँडफाँटका कारण गठबन्धनमा कुनै प्रकारको संकट नआओस् भनि सचेत मात्र गराएको उनले बताए ।
जसपाले गठबन्धन छाड्छ भन्ने कुरा आफूले नभनेको बताउँदै अध्यक्ष यादवले अहिलेको अवस्थामा गठबन्धनको झन आवश्यकता रहेको बताए ।
गठबन्धनमा सीट बाँडफाँटका लागि देखिएका केही सानातिना समस्याहरु छलफलबाट समाधान हुने बताउँदै उनले गठबन्धनमा रहेका सबै दलले सम्मानजनक स्थान पाउने बताए ।
‘गठबन्धनमा रहेका दलहरूको आ–आफ्नो शक्ति र पहिचान छ त्यहीअनुसार सबैको व्यवस्थापन हुन्छ’, उनले भने । उनले आज बस्ने गठबन्धनको बैठकबाट सबै कुराको टुंगो लाग्ने बताए ।
ad
Ad
Ad
Ad
