.
जनकपुर ।
कर्णाली प्रदेशको हिमाली जिल्लाका नागरिकहरू ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि रातभर जाग्राम बसेका छन्।
हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि नागरिकहरू रातभर सडकमै आगो बालेर बसेका हुन्।
.
हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लाहरुमा भूकम्प आउने त्रास फैलिएपछि नागरिकहरू रातभर सडकमै बसेका हुन्।
हुम्ला जिल्ला प्रशासन कार्यालयका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको छ।
पछिल्लो समय कर्णाली र सुदूरपश्चिका जिल्लामा लगातार भूकम्पले धक्का दिइरहेको छ।
अघिल्लो साता बाजुरामा गएको भूकम्पका कारण ४२ घरपरिवार विस्थापित भएका थिए भने ४ सय घरमा क्षति पुगेको थियो।
गत मंगलबार दिउँसो बाजुरा बिछ्या केन्द्रबिन्दु बनाएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो।
.
.
