.
जनकपुर :
जनता समाजवादी पार्टी (जसपा)ले भोलि (शुक्रबार) मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको छ।
आकांक्षीहरू धेरै भएपछि जसपाले मधेसमा संसदीय दलको नेता छान्न सकेको छैन।
पार्टी नेता लालकिशोर साह नेतृत्वको निर्वाचन समितिले भोलि दलको नेता छान्ने तयारी गरेको छ। जसपाले मधेसमा १६ सिट जितेको छ।
जसमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ ७ सांसद रहेका छन्।
मधेस प्रदेशको संसदीय दलको नेता बन्न हालका मुख्यमन्त्री लालबाबु राउत र सरोज राय यादव प्रमुख आकांक्षी छन्।
यद्यपि जसपाले दलको नेतामा नदोहोर्याउने नीति लिएको छ।
.
राउत नेतृत्वको मधेस सरकार धेरै कुरामा विवादित समेत भएकाले जसपाले नदोहोर्याउने नीति लिएको जसपाका एक कार्यकारिणी सदस्यले बताए।
जसपाले एमाले नेतृत्वको गठबन्धनसँग मधेसमा मुख्यमन्त्री दाबी गर्दै आएको छ। मुख्य मन्त्री बन्ने होडले दलको नेता बन्नेहरू धेरै देखिएको ती सदस्यको भनाइ छ।
