जनकपुर —धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको मतपरिणामअनुसार धनुषाधाम १ को वडा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार शुनीलकापर केवट निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगका अनुसार वडाअध्यक्षमा निर्वाचित केवटले ६ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेशका अशोककुमार मण्डलले ६ सय २ मत प्राप्त गरेका थिए ।
तेस्रो नम्बरमा रहेका जसपा, नेपालका उम्मेदवार अजयकुमार यादवले ४ सय ९९ मत प्राप्त गरेका छन् भने एमालेका प्रमोद यादवले ३ सय ६५ मत प्राप्त गरे ।
त्यस्तै, राप्रपाका उम्मेदवार रामदेवसिंह दनुवारले २ मत ल्याउँदा जनमतका उम्मेदवार कशेश्वर मण्डलले पनि २ मत नै प्राप्त गरेका छन् । यो वडामा रास्वपाका उम्मेदवार रामनरेश दासले १ मत प्राप्त गरेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
© 2025: Madhesh24 मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Powered by: ProTech