आयुब हुसेन
महोत्तरी - महोत्तरीको सोनमा गाउँपालिका वडा ६ स्थित मगरथानामा गम्भीर घटना घटेको छ। जसमा गाउँपालिकाका मेयर विशेश्वर प्रसाद यादव र उहाँका भाइ कुशेश्वर यादवले दुई स्थानीय व्यक्तिहरूलाई कुटपिट गरेका छन्। कुटपिटमा गम्भीर घाइते भएका तौकिर मंसुर र ईजराईल मंसुरलाई जनकपुरको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
प्राप्त जानकारी अनुसार, यो घटना बिहीबार राति करिब १२ बजे भएको हो। तौकिर मंसुरको घर अगाडि गाउँपालिकाका मेयरले (डिजे) बाजा बजाएर अश्लील गीत बजाउन थालेपछि विवाद सुरु भएको थियो। अश्लील गीतको कारण विवाद उत्पन्न भएपछि, स्थिति गम्भीर बन्दै गयो, जसका कारण मेयर र उहाँको भाइले आक्रोशित हुँदै तौकिर मंसुर र ईजराईल मंसुरमाथि हातपात गरेका थिए।
घटनापछि स्थानियहरूले प्रहरीलाई खबर गरेका थिए, र प्रहरी टोलीले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको थियो। पीडितहरूको स्थिति गम्भीर रहेको कारण उनीहरूलाई तत्काल जनकपुरको प्रादेशिक अस्पतालमा लगिएको थियो ।
यस घटनाले गाउँमा तनावको स्थिति उत्पन्न भएको छ। मेयरको यस किसिमको व्यवहारप्रति स्थानीयहरू आक्रोशित छन् र यस घटनाले गाउँपालिकाको राजनीतिक वातावरणमा पनि प्रभाव पार्ने देखिएको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ र दोषीलाई कानुनी दायरामा ल्याउने प्रयास गरिरहेको छ।
यो घटनाको थप अनुसन्धान भइरहेको छ र यस विषयमा अपडेटहरू आउने क्रममा छन्।