जनकपुर
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन्।
धनुषाको सबैला नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको-५ जोड्ने पक्की पुलको आज शिलान्यास गरेका हुन्।
एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ।
डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ।
पुल शिलान्यासपछि प्रधानमन्त्री प्रचण्डले मधेसका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए।
उनले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्धारित दुई वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास समेत व्यक्त गरे।