.
जनकपुर —
तनहुँको बन्दिपुर गाउँपालिकामा आफ्नै आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ परेका छन् ।
बन्दिपुर-३ सेराटार बस्ने ८४ वर्षीया माया सर्किनीलाई कर्तव्य गरी मारेको आरोपमा छोरा बुहारीलाई मंगलबार जिल्ला प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार बिहान करिब ५ बजे माया सर्किनी अनुहारमा समेत घाउचोट लागेर मृत अवस्थामा भेटिएकी थिइन् ।
यससँगै उनको गाई गोठमा आगो लगाएर गोठ पूर्ण रुपमा जलेको र गोठमा गाई समेत जलेर मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।
उक्त घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री नेतृत्वको टोलीले घटनास्थलको प्रराम्भिक अनुसन्धान गर्दा सर्किनीलाई कर्तव्य गरी मारेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक माया सर्किनीलाई उनकै ४७ वर्षीय छोरा राजकुमार सार्की र अन्दाजी ३५ वर्षीया बुहारी सुशीला मजाकोटीले कर्तव्य गरी मारेको खुल्न आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँणले बताए ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी छोराबुहारीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाएको छ ।
.
.