राजविराज । चार बुँदे माग राख्दै अस्पताल विकास समिति कर्मचारी युनियन गजेन्द्र नारायण सिंह अस्पताल इकाई कार्यसमितिका कर्मचारीहरु ज्ञापन पत्र बुझाएका छन् ।
कर्मचारीहरुले नेपाली काँग्रेसका महामन्त्रि गगन थापालाई सोमबार ४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र माँग पुरा नगरिए आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।
अस्पतालले गुन्स्तर स्वास्थ्य जनशक्तिबाट यहाँका जनताहरुलाई स्वास्थ्य सेवा दिदै आएको कुरा जनता माझ सर्ववितिदै रहेका छन् । अस्पतालमा रहेको दरबन्दी हाल सम्म पनि रिक्त रहेको भन्दै उनीहरु ज्ञापन पत्र बुझाएको हो ।
अस्पताल विकास समितिबाट नियुक्त भई वर्षौ देखि न्यूतम तलब तथा अन्य सेवा सुविधाबाट समेत बन्चित रहेको र श्रम शोसन समेत गरिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
२० औं वर्ष देखि करार र दैनिक ज्यलादारीमा कार्यरत रहेका कर्मचारीहरु अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी ढगँबाट संचालन गर्नको लागि ७ दिन भित्र माँगहरु सम्बोधन गरी समस्या समाधान गर्नको लागि ज्ञापन पत्र बुझाईएको गजेन्द्र नारायण सिंह अस्पताल इकाई कार्यसमिति कर्मचारी युनियन सप्तरीका अध्यक्ष डा. अमित कुमार यादवले जारी गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
बुझाईएको ३ बुँदे मागसहितको ज्ञापन पत्रमा आफ्नो तह गत अनुसार करार सेवाको तलब, चार्ड पर्व खर्च, वर्षमा एक पटक पोसाक भक्ता सहितको अन्य विदाको सुविधा उपलब्ध हुने गरिमा करार सम्झौता गर्ने, अस्पताल विकास समितिमा रहेको ज्यलादारी कर्मचारीहरुको तलब श्रम ऐन बमोजिम हुनु पर्ने तथा प्रकृया मिलाई ज्याला कर्मचारीहरुलाई करार सेवामा व्यवस्थापन गर्नु पर्ने माग गरिएको छ ।
अस्पतालको शाखाहरुको इन्चार्ज डाक्टरहरुलाई दिनु पर्ने, कुनै पनि कर्मचारीहरुलाई करार सेवाबाट निष्काशन गर्नुपरेमा निज कर्मचरीहरु सँग ३ (तीन) पटक सम्म चितबुझदो स्पष्टिकरण नलिकन करार सेवा भग गर्ने नपाईने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।



