फुलबारीको सुन्दर बगैंचामा बसी भविस्य कोर्ने तथानाम नमस्कार मात्र खाने शिक्षक नबनू ।
सुन्दर बासनाले समाज सिङ्गार्ने रातकी रानी फुलजस्तो शिक्षक नबनू ।
प्रभुजी ! शिक्षक नबनू ।
सुन्दरतालाइ सुन्दर मान्ने सन्सारिक सत्यबादी शिक्षक नबनू ।
पिजडाभित्र बसी गोपिकृष्ण को दासत्व स्वीकार गर्ने शिक्षक कहिल्यै नबनू ।
प्रभु जी ! शिक्षक कहिल्यै नबनू ।
हौसला बुलन्द राखी लाखौं विद्यार्थीका सपनाहरू साकार पार्दा काँडा झै बिझ्ने शिक्षक नबनू । अर्कालाई सत्मार्गमा ल्याउने सदिच्छा राख्दा मन्दिरको घण्टि बन्ने शिक्षक नबनू ।
प्रभु जी ! शिक्षक नबनू ।
भोक,प्यास त्यागी कर्तव्य पथमा अविरल बग्दै गर्दा गाउँ नै बगायो सराप खानु पर्ने शिक्षक नबनू । आफ्नो पिडा बिर्सेर अर्काको पिडामा साथ दिदा समेत रुनु पर्ने शिक्षक नबनू ।
प्रभु जी ! शिक्षक नबनू ।

हास्दा पनि पाप लाग्ने , बोल्दा पनि रिस उठने घुम्दा त दिउँसै रात पार्ने समाज भित्र बस्नुपर्ने शिक्षक नबनू । सुनौलो सपना साकार पार्न कपास भन्दा नरम बन्दा जल्लाद बनाउने हरुका लागि शिक्षक नबनू।
प्रभु जी ! शिक्षक नबनू ।
अर्काको उन्नतिमा आफ्नो सफलता ठान्दा बान लाग्ने शिक्षक नबनू ।
काधमा काध मिलाइ उज्ज्वल भविस्री कोर्दा बात लाग्ने शिक्षक नबनू।
प्रभु जी ! शिक्षक नबनू ।
विश्व शिक्षक दिवशको उपलक्ष्यमा शिक्षाको ज्योति फैलाउनु हुने सम्पूर्ण शिक्षकहरुमा कोटि काेटि नमन ।
प्रभु जी ! शिक्षक नबनू ।
लेखक : विजय केसी : हाल ब्रहमचारी दमोद्रानंद कलेज मिर्चैयामा कार्यरत